
२७ भदौ, बुटवल । मानवअधिकारकर्मी अगुवा कृष्ण पहाडी दिल्लीको एपोलो अस्पताल भर्ना भएका छन् । आन्द्राको अल्सर लगायत रोगको उपचारका लागि पहाडी एपोलो अस्पताल भर्ना भएका हुन् ।
मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष पहाडीमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, थाइराइड, प्रोस्टेट, घाँटी, नाक र घुँडाको समस्या छ । पहाडीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए ।
पहाडीको नौ वर्ष अगाडि पनि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4