+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:३७

१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन प्रेरित गर्दै आएको छ ।

सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकहरुलाई कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको भए पनि अमेरिकामा लाखौं मानिसले कोरोना खोप लिन अस्वीकार गरिरहेका छन् ।

अमेरिकामा पछिल्लो साढे तीन महिनामा एक लाख मानिसको मृत्यु भएको हो । यो अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु फ्लोरिडा राज्यमा भएको छ । यो अवधिमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण फैलिएकाले मृत्यु हुनेको दरमा पनि उल्लेख्य वृद्धि भएको जानकारहरुले बताएका छन् । जुन महिनाको मध्ययता फ्लोरिडामा मात्र कोरोना संक्रमणको कारण १७ हजार जनाको मृत्यु भएको छ । त्यस्तै टेक्सासमा १३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

गत जुनको मध्ययता मृत्यु हुने एक लाखमध्ये ७० हजारभन्दा धेरै खोप नलगाएका मानिसहरु थिए । संक्रमणको कारण मृत्यु हुने खोप लगाएका मानिसलाई पनि खोप नलगाएका मानिसबाट कोरोनाका संक्रमण सरेको थियो । खोप कार्यक्रम प्रभावकारी बनाउन सकेको भए मृत्यु हुनेमध्ये ९० प्रतिशतको ज्यान बचाउन सकिने जानकारहरुको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?