
२३ असोज, भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको पछिल्लो तीन वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग बनेको बताए ।
‘भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले देशका युवा सधैँ देशको विकास र सार्वभौमिकताको रक्षाका लागि उभिनुपर्ने बताए ।
इन्चार्ज बस्नेतले जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण थापा र रोमन शिलाकारलाई सम्मान गरे ।
प्रतिक्रिया 4