९ कात्तिक, काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा भत्तपुरले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि ८–१ गोलको फराकिलो जित निकालेको हो ।
भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई÷दुई गोल गरे । अजिता घर्तीमगरले एक गोल गरिन् । खेलमा पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् ।
यो जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ । ३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतियोगितामा भोलि तीन खेल हुनेछन् । पहिलो खेल गैंडाकोट र हेटौंडा एसएमसी, दोस्रो खेल गोदावरी र पोखरा तथा अन्तिम खेल धनकुटा र धनगढीबीच हुनेछ ।
प्रतिक्रिया 4