+
+

पाकिस्तानको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते ६:००

काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ ।

युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को  मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ ।

न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै  कप्तान केन विलियम्सनले २५ रन जोडे ।

पाकिस्तानका हरिस राउफले चार विकेट लिए भने शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?