+
+

ए डिभिजन लिगमा आर्मी र पुलिसबीच १-१ को बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १५:१२

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले आर्मीका लागि बराबरी गोल गरे । विवेकले पेनाल्टी लाइनबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८७ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे पनि रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन् ।

बराबरीपछि दुव‌ै टिमले एक एक अंक जोडेका छन् । नियमित खेल्ने फरवार्ड नवयुग श्रेष्ठ घुँडाको चोटका कारण लिगबाट बाहिरिएपछि आर्मीले कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिमा खेलाएको थियो । यस्तै अष्ट्रेलियामा खेल्द‌ै आएका जगजित श्रेष्ठलाई मिडफिल्डमा खेलाएको थियो ।

सुरुवाती २० मिनेटमा आर्मीले पुलिसमाथि दबाब बनाएपनि गोलको अवसर सिर्जना गर्न सकेन । दशौं मिनेटमा जर्ज प्रिन्स कार्कीले करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । १३ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले जर्ज प्रिन्सको क्रसमा पेनाल्टी बक्स भित्रबाट गरेको हेड बल पोस्ट नजिकैबाट बाहिरियो ।

पहिलो हाफमा पुलिसले पनि गोलको अवसर सिर्जना गर्न सकेन । १८ औं मिनेटमा सुमन लामाले करिब २५ यार्डबाट प्रहार गरेको बल पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । आर्मीका सेसेहाङ आङदम्बेले करिब ३० यार्डबाट हानेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?