+

च्यासलका प्रशिक्षकले भने : जितले मनोबल बढेको छ

२०७८ मंसिर  ११ गते १७:२९ २०७८ मंसिर ११ गते १७:२९
च्यासलका प्रशिक्षकले भने : जितले मनोबल बढेको छ

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पार्‍यो ।

पहिलो खेलमा थ्री स्टारसंग ३-० ले हारेको च्यासलले दोस्रो खेलमा एपीएफलाई पराजित गरेको हो । पहिलो जितपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखल सन्तुष्ट देखिए ।

‘जितले मोरल बुस्ट भएको छ । लास्ट म्याच हार्दा मोरल ‘लो’ भएको थियो । आज राम्रो खेल्यौं, उनले भने, ‘टिम अर्गनाइज देखियो आज । अझै टिम कम्पोज हुन बाँकी छ । आज टिमको प्रदर्शनबाट खुशी छु ।’

साहुखलले टिमको प्रदर्शनमा सुधार देखिएको भन्दै अझ राम्रो खेल्दै जाने बताए ।

उता लगातार दोस्रो हारपछि एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले टिमले सोचे भन्दा राम्रो खेलेपनि गोल गर्न नसकेको बताए । साथै यस हारले टिमलाई गाह्रो पर्ने समेत बताए । ‘आज सोचे भन्दा राम्रो भयो । तर, नतिजा हेर्दा भने गाह्रो अवस्था छ । हामीले पाएको मौकामा गोल भएन । विपक्षीले ३ सट हान्दा एक गोल भयो । यही फरक भयो’ उनले भने ।

थापाले दुई खेलबाट ६ अंक गुमाइसकेको भन्दै अब गाह्रो हुने बताए । ‘हाम्रो मिडफिल्ड सेटअप हुन गाह्रो भइरहेको छ । हामीले ४ फरवार्ड खेलाउँदा पनि गोल भएन । अब ११ म्याच बाँकी छ । २ हारले ६ अंक होइन १२ अंक गुमाएको जस्तो भइरहेको छ’ उनले भने ।

उनले टिमको हारले आफू नआत्तिएको पनि बताए । ‘सकरात्मक हुनुपर्छ । अस्ति भन्दा करेक्सन गर्‍या जस्तो लाग्छ । आत्तिहालेको छैन । माथि आउन अरुलाई हराउनुपर्छ । आशा छ अर्को खेलमा राम्रो होला’ थापाले भने ।

खेलकुद च्यासल युथ क्लब फुटबल शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय