+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाल आश्रमलाई सिलौटो रेस्टुरेन्टको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:४२

१२ मंसिर, काठमाडौं । अनामनगरस्थित सिलौटो रेस्टुरेन्टले नयाँ बानेश्वरमा रहेको ‘नयाँ नेपाल समाज बाल केन्द्र’का बालबालिकालाई भोजन तथा ब्ल्याङ्केट सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार रेस्टुरेन्टमा बालबालिकालाई निःशुल्क भोजन, सामान्य आर्थिक सहयोगसहित ब्ल्याङ्केट सहयोग गरिएको रेस्टुरेन्टका सञ्चालक भोला भण्डारीले जानकारी दिए ।

सञ्चालक भण्डारीका अनुसार बाल केन्द्रमा कुल ४० जनाको बसोबास छ । उनीहरुमध्ये सिलौटोमा उपस्थित भएका ३० जनालाई ब्ल्याङ्केट पनि वितरण गरिएको भण्डारीले जानकारी दिए । समय–समयमा विपन्न बालबालिकालाई निःशुल्क भोजन गराउँदै आएको सिलौटोले कोरोना महामारीको समयमा विभिन्न ठाउँमा पुगेर ‘मोबाइल खाना वितरण सेवा’ समेत सञ्चालनमा ल्याएको थियो ।

‘हामी समय–समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई सहयोग गर्ने गर्छौं । यो कुनै परिवेश जुराएर भने गरिँदैन,’ सञ्चालक भण्डारी भन्छन्, ‘यसअघि कपनको बाल आश्रमलाई पनि हामीले सहयोग गरेका थियौं ।’

आधिकारिक रूपमा तीन वर्ष अघिदेखि सञ्चालित सिलौटोले विपन्न एवं बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई सहयोग गरिसकेको भण्डारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?