+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
एमाले महाधिवेशन :

नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ८:२९

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् ।

प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर धाँधली हो,’ उनले भने ।

अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उनका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र  निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?