+
+

विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु हुन्छ !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:२४

१४ मंसिर, काठमाडौं । पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरु छन् जहाँ मानिसको ज्यानलाई नै खतरा हुन्छ । त्यहाँ पुग्दैमा मान्छेको मृत्यु हुन्छ ।

बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।

बेलायतको नर्थअम्बरल्याण्डमा रहेको उक्त बगैँचाको नाम अल्नविक पोइजन गार्डेन हो । यसलाई विष बगैँचा भनेर पनि चिनिन्छ ।

यसलाई संसारको सबैभन्दा खतरनाक बगैँचा मानिन्छ । तर पनि यो बेलायतको सबैभन्दा सुन्दर आकर्षण मध्ये एक रहेको छ । बगैँचाभित्र रहेका रंगीविरंगी बोटविरुवा, सुगन्धित गुलाब तथा अन्य फूलहरुले आकर्षित गरिरहेका हुन्छन् ।

यो बगैँचामा एउटा कालो फलामको ढोका छ । उक्त ढोकामा प्रष्ट रुपमा लेखिएको छ कि उभिएर फूललाई सुँघ्न तथा टिप्न निषेध छ । साथै त्यसमा खतराको चिन्ह पनि दिइएको छ ।

१४ एक्कडमा फैलिएको उक्त बगैँचामा करीब ७ सय विषालु वनस्पती छन् । इतिहासमा सत्रुहरुलाई मार्नका लागि यी विषाक्त फूलहरुको प्रयोग गरिन्थ्यो ।

यो बगैँचामा गएर अहिलेसम्म १ सय भन्दा धेरै मानिसहरुको मृत्यु भैसकेको छ । थोरैमात्र पनि गल्तीले बगैँचामा मानिसको मृत्यु हुनसक्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?