
१५ मंसिर, काठमाडौं। लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
राउण्ड रोबिनको आधारमा भइरहेको ७ टिम सहभागि प्रतियोगिताको अन्तिम खेलमा बुधबार प्रदेश-१ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा एक विकेट मात्र गुमाएर पुरा गर्यो। लुम्बिनीले लिग चरणमा खेलेका ६ मध्ये ५ खेल जित्दै १० अंक जोड शीर्ष दुईमा स्थान पक्का गरेको हो ।
प्रदेश२ को भने पाँच खेलमा तेस्रो हार हो । बलिङमा वासिर अहमेद अनी ब्याटिङमा आकाश त्रिपाटी र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले सहज जित हात पारेको हो।
लुम्बिनीका कप्तान देवलखनालले अविजित ६२ रन तथा आकाश त्रिपाटीले ५६ रन बनाए । यी दुईले पहिलो विकेटका फागि १४१ रनको साझेदारी गरेका थिए ।
प्रज्वल थापा १३ रनमा अविजित रहे ।
प्रदेश २ का सन्तोष कार्कीले एक लिए । त्यसअघि सन्तोष कार्कीकै अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।
प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । सन्तोषले ९२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे गुल्सन झाले ३२ र आदिल अन्सारीले अविजित २२ रन जोडे । अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेन।
लुम्बिनीका लागि वासिर अहमदले सर्वाधिक ५ विकेट लिए । विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट लिए ।
प्रतिक्रिया 4