२२ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको विवाह कार्यक्रम भने मंगलबारबाटै शुरु भइसकेको छ ।
कट्रिना र विक्की आफ्नो विवाहका लागि होटलमा पुगेका अतिथिहरुलाई स्वागत गरिरहेका छन् । विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा निर्मित भव्य होटलमा हुँदैछ ।
मंगलबार राति कट्रिना-विक्कीको मेहन्दी र संगीत सेरेमनी गरिएको थियो भने बुधबार धुमधामले हल्दी सेरेमनी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कट्रिनाका लागि मेहन्दीको खास डिजाइन तयार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4