
३ पुस दाङ । प्रगतिशील लेखक संघ (प्रलेस) दाङले चार जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रलेस दाङले २९ औं स्थापना दिवसको अवसरमा चार जना साहित्यकारलाई पुरस्कृत गरेको हो ।
प्रगतिशील लेखक संघले १० हजार राशिको प्रगतिशील साहित्यिक पुरस्कार डिल्ली मल्ललाई प्रदान गरेको छ ।
त्यसैगरी सोही राशिको चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार नविन विभासलाई प्रदान गरिएको छ ।
अनन्त टीका प्रतिभा पुरस्कार पत्रकार केबी मसाल र पाँच हजार राशिको गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार रेशम विसीलाई प्रदान गरिएको छ । त्यसैगरी साहित्यकार ऋषिराज जंगली (पौडेल)लाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले साहित्य सिर्जना समाज रुपान्तरणका लागि हुनुपर्ने बताए । साहित्यले समाजका विकृति विसंगतिलाई चिर्दै मुलुकलाई प्रगतिशील दिशातर्फ लैजान भूमिका खेल्नुपर्ने बताए ।
प्रलेस दाङले हरेक वर्ष स्थापना दिवसमा साहित्यकारहरुलाई पुरस्कृत एवं सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया 4