+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अत्तरियामा टीभीएसको नयाँ शोरुम

‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते २०:०६

काठमाडौं । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा एक्स्क्ल्यूजिव थ्रीएस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बागेश्वोरी मल्टी मोटर्सले सञ्चालानमा ल्याइएको नयाँ शोरुममा टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले अत्तरियामा नयाँ शोरुम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कम्पनीले नयाँ शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ ।

‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उस्थिति रहेको थियो ।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।

नयाँ शोरुम उद्घाटन कार्यक्रममा कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका निर्देशक दीपककुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?