+

के कोरोनाको खतरनाक भेरियन्ट ‘नियोकोभ’ फैलिँदैछ ?

२०७८ माघ  १४ गते १६:१७ २०७८ माघ १४ गते १६:१७
के कोरोनाको खतरनाक भेरियन्ट ‘नियोकोभ’ फैलिँदैछ ?

१४ माघ, काठमाडौं । केही वर्षयता कोरोना भाइरसले सर्वत्र सन्त्रास फैलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले लाखौंको ज्यान लियो । यसले कतिपयलाई अस्पतालको शैयामा पुर्‍यायो भने कतिपयलाई शारीरिक र मानसिक रुपमा शिथिल बनाइदियो । कोरोना संक्रमण बढ्दै जाँदा विश्वकै जनजीवन प्रभावित बन्यो ।

यतिबेला कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई त्रसित बनाइरहेको छ । यो आतंक मत्थर हुन पाएकै छैन, कोरोनाकै अर्को भेरियन्ट ‘नियोकोभ’ फैलिने जोखिम रहेको चर्चा हुन थालेको छ । चिनियाँ वैज्ञानिकहरुले उक्त खतरनाक भेरियन्ट फैलनसक्ने भन्दै सर्तक रहन सुझाव समेत दिएका छन् ।

चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गरेका छन् । यसको संक्रमण हुनेमध्ये तीनमा एक जनाको मृत्यु हुनसक्ने उनीहरुले चेतावनी दिएका छन् । वैज्ञानिकका अनुसार कोरोनाको यो भेरियन्ट दक्षिण अफ्रिकामा पत्ता लागेको हो । हुन त, अहिलेसम्म यो भाइरसको संक्रमण मान्छेमा देखिएको छैन । यद्यपि चमेरोमा भने यो भाइरस देखिएको छ ।

चीनका वैज्ञानिकको चेतावनी

कोरोना भाइरसको नयाँ भेरियन्ट नियोकोभलाई लिएर चीनका वैज्ञानिकले विश्वलाई चेतावनी दिएका छन् । यो भेरियन्टको बारेमा शोध गर्ने वैज्ञानिकले भनेका छन्, ‘यो नयाँ भेरियन्ट एकदमै बढी संक्रामक र खतरनाक छ ।’

वैज्ञानिकले यस नयाँ शोधलाई वेबसाइटमा प्रकाशित गरेका छन् । शोधपत्रमा भनिएको छ, कोरोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० कोभले मान्छेलाई एकदमै तीव्र रुपमा संक्रमित गर्न सक्छ । यस सोधमा लेखिएको छ, यस भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृत्यु हुनसक्छ ।

वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेसका वैज्ञानिक र शोधकर्ताले नियोकोभ भाइरसबारे चेतावनी दिएका हुन् । वैज्ञानिकका अनुसार कोरोनाको नयाँ भेरियन्ट नियोकोभले मानिसलाई संक्रमित बनाउन केवल एक म्युटेसन भए पुग्छ । चीनका वैज्ञानिकले चेतावनी दिएसँगै रुसका सरकारी भाइरोलोजी शोध केन्द्रले पनि यस विषयमा आफ्नो धारणा राखेको छ । रुसका सरकारी भायरोलोजी शोध केन्द्रका अनुसार चीनका वैज्ञानिकले जारी गरेको आँकडा अनुसार उक्त भेरियन्ट अहिलेसम्म मान्छेलाई संक्रमित गर्न सक्षम छैन । उनीहरुले यसको जोखिमलाई मध्यनजर गर्दै थप खोज अनुसन्धानको जरुरी छ ।

दक्षिण अफ्रिाकाको चमेरामा भेटिएको थियो नयाँ भाइरस

कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको हो । यस भेरियन्टको पुष्टि अहिलेसम्म चमेरामा मात्र भएको छ । वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिक एवं शोधकर्ताले भनेका छन्, अहिले यो भाइरस पंक्षीमा देखिएको भएपनि यसले मान्छेलाई संक्रमित गर्न सक्छ ।

कोरोना भाइरस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?