+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा अर्थतन्त्रमा असर पर्‍यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १८:१८

१६ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा त्यसको असर अर्थतन्त्रमा परिरहेको बताएका छन् ।

आइतबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थविद्हरुसँग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् । संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नभएको र सरकार परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने परिपाटीले अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको उनले बताए ।

‘राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनु पर्ने अवस्था छ,’ उनले भने, ‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?