+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

हुम्लाको बिरामी महिलाको ३ दिनपछि हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १८:२९

२३ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँकी ५५ वर्षीया छिरिङ तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सख्त घाइते भएकी तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको श्रीमान् तन्जन तामाङले बताए ।

लडेर तामाङको ढाड भाँचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतबार हेलिकप्टर रिजर्भ गरी जिल्ला बाहिर काठमाडौँ लगिएको बिरामीका श्रीमान् तामाङले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर रिजर्भका लागि रु आठ लाख खर्च गरेपछि मात्रै आफ्नो श्रीमतीको उद्धार हुन सफल भएको उनले बताए । घाइतेको कुरुवाका लागि दुई जना आफन्त पनि गएका छन् ।

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य बिरामी पर्दा पनि गरिब निमुखा सर्वसाधरणले ऋण मागेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता कायमै छ । यहाँका नागरिकले यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने हो स्थानीय ग्याम्जु लामाको प्रश्न छ ।

आर्थिक मजबुद भएका नागरिकले जिल्ला बाहिर लैजान सक्लान् तर अन्य सर्वसाधरणलाई भने निक्कै समस्या हुने गरेको देखिएको छ । गाउँमा पर्याप्त औषधि उपकरणका साथै जटिल बिरामीका लागि उपकरण नहुँदा हुम्लीले आफ्नै व्यक्तिगत खर्चमा महँगो मूल्य तिरेर भए पनि जिल्ला बाहिर उपचारका लागि हेलिकप्टर रिजर्भ गर्ने गरेका छन्।

हुम्लामा सडक सञ्जाले नछोएको हुनाले यहाँका नागरीकले समस्या भोग्नुपरेको छ । बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा खराब मौसम भएका कारण उद्धार हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?