+
+

अष्ट्रेलियाले फेब्रुअरी २१ देखि खोप लगाएका पर्यटकलाई प्रवेश दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १२:४९

२४ माघ, काठमाडौं । अष्ट्रेलियाले कोभिडको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई फेब्रुअरी २१ देखि प्रवेश गर्न दिने भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेब्रुअरी २१ गतेदेखि कोभिडको पूर्णखोप लगाएका विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेका हुन् ।

‘हामीले अष्ट्रेलियातर्फ आउने सीमा बन्द गरेको झण्डै दुई वर्ष भइसकेको छ’, सोमबार मिडिया ब्रिफिङ गर्दै मोरिसनले भने, ‘यदि तपाईंले दुई पटक खोप लगाउनु भएको छ भने हामी तपाईंलाई अष्ट्रेलियामा स्वागत गर्ने प्रतिक्षामा छौं ।‘

यसअघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरिसकेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघले मोरिसनको पछिल्लो घोषणालाई स्वागत गरेको अलजजिराले जनाएको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अष्ट्रेलियामा केही समयअघि दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नोभेम्बरमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएयता २४ लाख मानिस संक्रमित थपिएका छन् । त्यहाँ एक महिनाअघि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै साढे एक लाख पुगेको थियो ।

तर, अष्ट्रेलियामा पछिल्लो समय भने दैनिक संक्रमितको संख्या घट्न थालेको छ । त्यहाँ सोमबार २३ हजारभन्दा केही बढी संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?