
६ फागुन, काठमाडौं । एक महिनादेखि बन्द रहेका कास्की जिल्लाका सिनेमा हलहरु शनिबारबाट खुल्ने भएका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण फागुन १ गते जारी गरिएको नयाँ आदेशमा सिनेमा हल खोल्ने अनुमति जिल्ला प्रशासन कार्यलय, कास्कीले दिएको थिएन ।
तर शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले सिनेमा हल खोल्न अनुमति दिने निर्णय गरेको हो । योसँगै फागुन १३ गते रिलिज हुन लागेका नयाँ चलचित्रहरुलाई राहत भएको छ । पोखरा चलचित्रका लागि दोस्रो ठूलो बजार मानिन्छ ।
हलसँगै हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल लगायतलाई खोल्ने अनुमति दिइएको छ । यस्तै, डान्स बार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेन्ट लगायत रात्रिकालीन व्यवसाय राती १२ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4