+
+

एमसीसीको विपक्षमा मतदान गर्न सांसदलाई विप्लव समूहको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:३७

७ फागुन, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदहरुलाई पत्र पठाएको छ ।

एमसीसी राष्ट्रघाती रहेकाले संसदमा पेश भएको अवस्थामा सम्झौताको विपक्षमा भोट गर्न आग्रह गर्दै रुपन्देहीका ७ जना सांसदलाई पत्र बुझाएको हो ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाएको युवा संघका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बताए ।

‘एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्नेछ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षति हुनबाट देशलाई बचाउन तपाईंको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ’ पत्रमा भनिएको छ ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न पत्र बुझाइएको अध्यक्ष जंगलीले बताए ।

हेर्नुहोस् पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?