+
+

बुद्धले ल्यायो अर्को ‘एटीआर-७२’, जहाज संख्या १६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:२७

१२ फागुन, काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक जहाज ल्याएको छ । अब बुद्धसँग कुल जहाज संख्या १६ पुगेको छ ।

पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्न थालेको बुद्धले बुधबार साँझ थप एक एटीआर-७२ जहाज भित्र्याएको हो । कलसाइन ९एन-एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई २ साताभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाई भाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो । बुद्धसँग ११ वटा एटीआर-७२, ३ वटा एटीआर-४२ र २ वटा बिचएयरक्राफ्ट जहाज छन् ।

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्राउन ठूलो मद्दत गर्ने वुद्ध एयरले विज्ञप्ती मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने बताएको छ ।

नेपाली यात्रुहरुका लागि पनि बुद्ध एयरले हवाई उडानलाई सहज र सरल बनाएको बताएका छन् । सस्तो भाडासँगै उडान संख्या उल्लेख्य मात्रामा वृद्धि गरेको छ । जसअनुसार यात्रुहरु आˆनो समय अनुकल उडान भर्न सक्छन् । आन्तरिकतर्फ हवाई यात्रा समग्र रुप मै सस्तिएको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार थप ३ वटा जहाज केही महिनामै भित्र्याउने योजना छ । बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ ।

नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान शुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?