६ बाके, दाङ । बाँकेमा प्रतिबन्धित रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन् ।
नेपालगन्जको कोरियनपुरको एक होटेलबाट डोल्पा त्रिपुरासुन्दरी-३ का हर्कबहादुर विक, विवेक वोहरा, ठाँउका रामकृष्ण शाही र ठूलोभेरी नगरपालिका-१ का सुकराम विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
रेडपाण्डाको छाला बिक्रीवितरण हुदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले एक होटलको १०५ नम्बर कोठाबाट रेडपाण्डाको २ थान छालासहित चार जनालाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4