
९ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।
नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।
‘भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सभापतिले परामर्श गर्ने भनि कार्यसम्पादन समितिमा निर्णय भएको हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘को व्यक्ति चयन भयो भन्नेमा हाम्रो आपत्ति छैन । पार्टीमा परामर्श नै नगरि मनोनित गरेकोमा सबैको असन्तुष्टि रहेको छ ।’
सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्धान गुरुङलाई अध्यक्षमा मनोनित गरेका थिए । शेखरका पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4