+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सल्यानमा एक प्रहरी जवान मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते ११:२०

१५ चैत, दाङ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् ।

गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनको ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक प्रहरी जवान केसी पश्चिम रुकुमको मुसिकोट- १३ छिवाङका हुन् । घटनाबारे  अनुसन्धान सुरु भएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?