+
+

सलमानको कन्सर्टमा माला लिम्बू र मुना गौचनले डान्स गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १२:५५

काठमाडौं । आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले प्रस्तुति दिने भएका छन् ।

आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।’

मालाले यसअघि पनि सलमानको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो, तर कार्यक्रम स्थगित भयो । ‘यसपटक पनि स्टेजमा पर्फम गर्ने कन्फर्म छ, साइन हुन बाँकी छ,’ मालाले भनिन् ।

सलमान अभिनित फिल्मको कुनै एक चर्चित गीतसहित मालाले नेपाली गीत ‘झँकास झापाली’ र ‘काले दाइ’मध्ये कुनै एक गीतमा प्रस्तुति दिने भएकी छन् । ‘ट्रयाक फाइनल हुन बाँकी छ र केही दिनमा निधो हुन्छ,’ उनले भनिन् ।

मुम्बईमा रहेर मोडलिङ गर्दै आइरहेकी नेपाली अभिनेत्री मुनाले समेत सलमानको कन्सर्टमा प्रस्तुति दिने भएकी छन् । नेपाली फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुना कन्सर्टकै लागि मुम्बईदेखि नेपाल आउने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?