+
+

सशस्त्र र नेपाल प्रहरीका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १६:५६

१६ चैत, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ ।

दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको गृहका एक अधिकारीले बताए ।

प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको निमय १३१ मा संशोधन गर्ने तयारी छ ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरुको पेन्सन अवधि घटाएको थियो ।

विगतमा पनि पटकपटक जवानहरुको पेन्सन अवधि घटाउन माग हुँदै आएपछि आर्थिक भार बढ्ने भन्दै अर्थ मन्त्रालयले रोक लगाउने गरेको थियो । तर अहिले गरिएको प्रस्ताव मध्यमार्गी विकल्प भएकाले अस्वीकृत नहुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?