+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत छ : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १७:२७

२८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’

अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?