+
+

श्रीलङ्कामा लोडसेडिङ्ग अझै बढ्ने

रासस रासस
२०७९ वैशाख ३ गते ८:०५

३ वैशाख, कोलम्बो ।  आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ ।

सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।

अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ ।

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न वस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।

वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

अभाव, मूल्य बृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालिन सबै मन्त्रीहरूले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ ।

आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले कतिपय औषधिहरूको समेत अभाव भएको जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?