+
+

एमालेबाट जीतपुरसिमराको प्रमुखमा १० र उपप्रमुखमा ५ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १९:३२

५ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले उम्मेद्वारका बनाउन नगर प्रमुखमा १० जना र  उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।

नगर कमिमिटि अध्यक्ष भोला अधिकारीले जिल्ला अध्यक्ष विनोद साहमार्फत जिल्ला कमिटीमा सोमबार नाम सिफारिस गरेका हुन् ।

केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको हो ।

नगर प्रमुखमा मनोज पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रल्हाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको हो ।

उपप्रमुखमा नगर कमिटी अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, नेताहरु अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।

नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार हुन इच्छुक सबै साथीहरुको नाम सिफारिस गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘उम्मेदवार हुन इच्छुक साथीहरुको नाम आयो, भावना बुझ्ने प्रयास गर्‍यौं । सबैले आफ्नो दावेदारी कायम राख्नुभयो’, उनले भने, ‘सहमति हुन नसकेपछि सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिदिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?