
३० वैशाख, महोत्तरी । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ ।
मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
विवादको कारण केहीबेर स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4