+
+

सभापोखरीका अध्यक्ष कांग्रेसका भीमबहादुर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २२:०८

१ जेठ, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बु निर्वाचित भएका छन् । एमालेका रत्न सुब्बालाई ७०२ मतअन्तरले पराजित गर्दै लिम्बु विजयी भएका हुन् ।

कांग्रेसका लिम्बुले ३ हजार ७ मत ल्याए । उनका निकतम प्रतिद्वन्द्वी सुब्बाले २ हजार ३०५ मत ल्याएका छन् । सुब्बा निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाँई २ हजार ४३९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले २ हजार ३७६ मत ल्याइन् ।

वडा नम्बर १ को वडाध्यक्षमा एमालेका इश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन् । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मय ल्याएका छन् ।

वडा २ मा नेकपा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत पाए । उनी यसअघि वडाध्यक्ष हुन् ।

वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत ल्याएका छन् ।

वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बुले ३४१ मत ल्याएर विजयी भए । एमालेका नविन राईले २११ मत ल्याएका छन् ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बुले २३२ मत ल्यएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका यमबहादुर सुब्बाले २०८ मत ल्याए। सुब्बा यस अघिका वडाध्यक्ष हुन् ।

वडा ६ मा कांग्रेसका जितेन्द्र वनेम(लिम्बु)ले ६७९ ल्याएर ल्याएर विजयी भएका छन् भने एमाले विकास पौडेल ४५४ मत ल्याएर पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?