
मेयरमा निर्वाचित सुखदेव यादव
८ जेठ, काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पजियारले ७ हजार ३०० मत ल्याए । नेपाली कांग्रेसका धनुषाका अध्यक्ष समेत रहेका पजियार क्षिरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर पनि हुन् ।
उपमेयरमा निर्वाचित श्रेष्ठले ७ हजार ५५० मत ल्याउँदा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4