+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दलको कार्यकारिणी पदमा रहेका शिक्षकलाई राजीनामा दिन ७ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:०७
मेयर दिपेश थारु ।

११ जेठ, काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ ।

नगरपालिकाका मेयर दिपेश थारुले नगरमा रहेका विद्यालयलाई पत्राचार गर्दै दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन लगाउन निर्देशन दिएका हुन् ।

‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सकि्रयरुपमा दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरणविपरीत कार्य गर्ने यस राजापुर नगरपालिकाअन्र्तगत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यलयमा पेस गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?