+
+

भारतले जित्यो स्ट्यान्डिङ क्रिकेट शृंखला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १७:२४

२९ जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग ७७ रनले पराजित भएको छ ।

लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा नेपाल ५ रनले पराजित भएको थियो ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको शृंखलाको दोस्रो खेलमा भारतले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १५।५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । १८ रन अतिरिक्तबाट पाएकव नेपालका लागि विवेक शर्माले ११ रन बनाए भने अन्य खेलाडीले दोहवरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न भारतका लागि मनी भन्ननले एक्लै ५ विकेट लिए । सायद शाह अजिजले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर १४५ रन बनाएको थियो । भारतका लागि ओपनर शाहुल अमिदले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । यस्तै सायद शाह अजिजिबले अविजित ५४ रन जोडे । ३५ रनमा ३ विकेट गुमाएको भारतका लागि शाहुल र सायदले अविजित ११० रनको साझेदारी गरे । नेपालका मनोज थापाले २ तथा ताबरेज बलमले १ विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?