+

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, हिरन्मईको ठाउँमा मनिषा

२०७९ जेठ  ३० गते १७:२५ २०७९ जेठ ३० गते १७:२५
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, हिरन्मईको ठाउँमा मनिषा

३० जेठ, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ ।

असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेखा रावल र ईश्वरी विष्ट टिममा पर्न सकेनन् ।

यू-१९ महिला टिमबाट बाँया हाते अफ स्पिनर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् । सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा मौका पाएकी हुन् ।

नेपाली महिला क्रिकेटमा उदयीमान लेगस्पिनर हिरन्मई आवश्यक कागजातको अभावमा जान नपाउने भएपछि उनको प्रतिस्थापनको लागि मनिषालाई टिममा राखिएको हो ।

नेपालको १५ सदस्यीय टोलीमा रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, सीता राना मगर, कविता कुँवर, अस्मिना कमचार्य, कविता जोशी, मनिषा उपाध्याय, डली भट्ट, बिन्दु रावल, संगीता राई, अप्सरी बेगम, काजल श्रेष्ठ, सवनम राई छन् ।

नेपाली महिला क्रिकेट टिमले आजसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतिायोगिता जित्न सकेको छैन । यस पटक भने खाली हात नफर्कने लक्ष्यसहित तयारी गरेको कप्तान रुविना क्षेत्रीले बताइन् । त्यस्तै प्रशिक्षक जगत टमटाले पनि यस पटक उपाधि जित्ने लक्ष्यसहित मलेसिया जान लागेको बताएका छन् ।

नेपाली टिम :

 

महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय