+
+

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १६:२६

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् ।

‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ’ मन्त्री खड्काले भने ।

गत वर्ष साउनमा दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?