+
+

बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता असार १ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:५७

३१ जेठ, काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा असार १ देखि असार ५ गतेसम्म बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

काठमाडौंको मुलपानी तल्लो मैदानमा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो-११ ले प्रतिस्पर्धा गर्नेछन् ।

टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा टी-२० पर्म्याटमा खेलाइनेछ । प्रतियोगिताका लागि विभिन्न प्रदेशमा ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गरिएको थियो ।

खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे चेतना फैलाउन बलियो नेपाल न्युट्रिशन इनिसियटिभले ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि २०७८ देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ । यसअघि लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करण आयोजना गरेको थियो ।

ग्रासरूट क्रिकेटको विकास र विस्तारलाई मुख्य उद्धेश्य बनाएर आयोजना गरिंदै आएको बलियो नेपाल कपको यस संस्करणलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति प्रदान गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी रहने टिमहरुको सम्पूर्ण आर्थिक खर्चसमेत आयोजकको तर्फबाट व्यवस्थापन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?