+
+

बजेट आश्रित तीनवटै विधेयक पारित

प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १९:३४

६ असार, काठमाडौं। प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।

समेबार बसेको प्रतिनिधिसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बजेटको कार्यान्वनयका लागि यी तिन वटै विधेयक पनि पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । विनियोजन विधेयक (बजेट) भने प्रतिनिधिसभाले यसअघि नै पारित गरेर राष्ट्रिय सभामा पठाइसकेको छ ।

यी चार वटै विधेयक राष्ट्रिय सभाले पनि पारत डरेपछि पुनः प्रतिनिधिसभामा आएर सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ ।

यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणिकरण भइसक्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणिकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?