+

एन्फाको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाको बधाई

२०७९ असार  १५ गते १२:४० २०७९ असार १५ गते १२:४०
एन्फाको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाको बधाई

१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई बधाई दिएका छन् ।

एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।

यसअघि टोलीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।

एन्फा पंकज विक्रम नेम्वाङ शेरबहादुर देउवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय