+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : केही गर्नै नसक्ने स्थितिमा पुग्नुभएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १४:१९

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले संसदीय छानबिन माग गरेका हुन् ।

‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।

उाले प्रधानमन्त्री, मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीजी जे भए पनि केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो  ?’ उनले प्रश्न गरे, ‘कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् भन्ने हो ?’

उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरे ।

अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेको भन्दै ओलीले आपत्ति जनाए । ‘फुटेज डिलिट गर्न पाइन्छ ?’उनले प्रश्न गरे, ‘कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’

बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले को हो ?, हामीले गरेको स्वेच्छाचारिताविरुद्ध प्रश्न गर्ने को हो भनेर ललकार्ने ? ओलीले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री ओलीले एमालेले आरोप अन्धाधुन्ध आरोप नलगाएको भन्दै छानकिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे । ‘यो त विश्वमै नभएको, बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिदैन, यस्तो हुँदा पनि …राज्य एउटा थितिमा चल्नुपर्दैन ?’ ओलीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?