
२७ असार, जनकपुरधाम । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत जग्गा राजीनामा पास गराई मिटर व्याजीमा ऋण दिने गरेको प्रहरीको भनाइ छ ।
ऋणीले ऋण र सावा व्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि जग्गा र कपाली तमसुक फिर्ता नगरी व्याजको व्याज लिन्छु भनी ठगी गरी फरार रहेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायले जानकारी दिए ।
उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिई ठगी शीर्षक मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4