+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

छुटेका थर सङ्कलन गर्दै राष्ट्रिय दलित आयोग

रासस रासस
२०७९ साउन ३ गते २०:३२
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा ।

३ साउन, परासी । राष्ट्रिय दलित आयोगले आगामी भदौ भित्रमा छुटेका थर सूचीकरणको प्रक्रिया टुङ्ग्याउने भएको छ । सूचीकरण टुङ्ग्याउने प्रक्रियामा रहेको आयोगले अहिले तराई मधेसका दलित समुदायका छुटेका थर सङ्कलन गरिरहेको छ ।

आयोग अध्यक्ष देवराज विश्वकर्माले तराई मधेसमा बसोबास गर्ने दलित समुदायका धेरै थर सूचीकरणमा छुटेको पाइएकाले जिल्ला जिल्लामा पुगेर स्थानीय सरोकार पक्षसँग छलफल तथा सुझाव लिँदै सङ्कलन गरिरहेको जानकारी दिए ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीमा मंगलबार यहाँका सरोकार पक्षसँग छलफल गर्दै आयोगका अध्यक्ष विश्वकर्माले भने, ‘आयोगमा पदाधिकारी नियुक्ति भएको एक वर्षभित्रै हामीले थर सूचीकरण टुङ्ग्याउन खोजेका थियौँ । तराई मधेसमा ठूलो सङ्ख्यामा थर छुटेको देखिएपछि मसिनो गरी अध्ययन गरेरै टुङ्ग्याउने योजनाका साथ हामी अघि बढेका छौँ ।’

सूचीकृत भएका भन्दा अर्को थर प्रयोग गरिरहेका दलित समुदायका व्यक्तिलाई थर समावेश गर्न सचेत गराउने काम गरिरहेको उनले बताए । पहाडका दलित समुदायको तुलनामा तराईका दलितको थर कम सूचीकृत भएको आयोगको तथ्याङ्क छ । प्रत्येक जिल्लामा सरदर १५ देखि २० सम्म थर छुट भएको पाइएको अध्यक्ष विश्वकर्माले बताए ।

तराईमा जातीय विभेद्को मात्रा बढी भएको र समस्या पनि तराईमै बढी देखिएकाले स्थानीय सरोकार पक्षसँग छलफल गरी थर समावेश गर्न अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उनले भने, ‘यति नै छुटेका छन् भन्ने यकिन छैन, पत्ता लगाउँदै छौँ ।’

आयोगले १० वर्षे रणनीतिक योजना र पाँच वर्षे कार्यनीतिक योजना बनाएर केही महिनाभित्र सार्वजनिक गरी लागू गराउन सरकारसँग पहल गरिरहेको अध्यक्ष विश्वकर्माले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?