+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

समयमै बैठक सुरु नभएपछि भीम रावलले सुनाए कविता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १३:५६

११ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र सिंगापुर सेनाका भूपू गोर्खा सैनिकको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । तर बैठक सुरु नभएपछि एमाले नेता भीम रावलले बैठक हलमा कविता सुनाए :

देशको लागि लड्ने सालिक भएछ
देश द्रोही मान्छे चाहिँ मालिक भएछ

समितिको बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरु दीपक प्रकाश भट्ट, लीलादेवी सिटौला, चादतारा कुमारी, , रेनुका गुरुङ उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?