+
+

एकैदिन ९१५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १६:२९

१८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार २७५ जना होम आइसोलेसनमा रहेका छन् भने १५८ जना संस्थागत आइसोलेसन र ४३ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?