+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते १८:००

२१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।

‘कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् ?’ उनले प्रश्न गरे ।

उनले रुख ढाल्ने बन्चरोको बींड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा सुनाए  :

बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन् । अरु रुखले सोधे ‘आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ,…कसैले काट्यो ढल्नुपर्‍यो भनेर किन आँशु खसालेको ?’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने बञ्चरोको बींड काठकै छ, त्यो चाहिं दुखको कुरा हो ।’

ओलीले भने, ‘बञ्चरोले मात्र रुख ढाल्न सक्दै सक्दैन ।… कांग्रेसलाई २३ सिटमा पुर्‍याइदिएका थियौं लड्ने त कुरा छाडिदिऔं हेर्न पनि सकेको थिएन, तर अदालत गएर सरकार ढालिपाउँ भन्ने दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागे ।’

ओलीले माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरे । ‘माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बींड हुने कि कम्युनिस्ट पार्टीमा फर्किने ?’

‘आफूलाई वामपन्थी भन्ने साथीलाई कांग्रेसको बींड भएर कम्युनिस्ट आन्दोलन ढाल्दै जाने र समाजवाद निर्माण गर्ने भुलभुलैयामा नफस्नुस्, वामपन्थी आन्दोलन सफल पारौं’ ओलीले अघि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?