+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेशिक सरुवा रोग अस्पताल : हतारमा शिलान्यास, फुर्सदमा पछुतो

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २२ गते १८:४१

२२ सााउन, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपलिकामा शिलान्यास भएकोे प्रादेशिक सरुवा रोग अस्पातालको निर्माण अनिश्चित बनेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा शिलन्यास भएको अस्पताल निर्माण अनिश्चित बनेको हो ।

संघीय सरकारले सातवटै प्रदेशमा अस्पताल निर्माण गर्ने निर्णय गरेपछि २०७७ माघ १९ गते सुन्दरहरैंचा नगरपालिका ११ मा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले अस्पताल शिलान्यास गरेका थिए ।

ढकालले आफ्नो निर्वाचन क्षेत्रमा शिलान्यास गरेको अस्पताल निर्माण आफूले गर्ने भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि दाबी गरेपछि निर्माणको प्रकृया अनिश्चित भएको हो । प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार दुई तिहाई बहुमतको सरकारका मन्त्रीले हतारमा शिलान्यास गरेको अस्पतालको काम अघि बढेको छैन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो जग्गा भएका कारण संघीय सरकारले विनियोजन गरेको बजेट आफूले खर्च गर्न पाउनु पर्छ भन्दै दाबी गरेपछि काम अघि नबढेको हो । मन्त्री यादवका अनुसार जग्गा प्राप्तिका लागि प्रतिष्ष्ठानसँग सम्झौता पनि भएको थिएन् ।

‘जसरी हामी आफ्नो व्यक्तिगत सम्पत्तिमा हकदाबी गर्छाै, हक अधिकार खोज्छौं भने तत्कालीन संघीय सरकार र सरकारका मन्त्रीले सरुवा रोग अस्पतालको शिलान्यास गर्दा ध्यान दिनुपथ्र्याे म कसको जग्गामा शिलान्यास गर्दैछु भनेर’ उनले भने, ‘स्वामित्वको हिसाबले त्यो जग्गा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हो ।’

‘प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गामा सरुवा रोग अस्पताल शिलान्यास गरियो, तर पछि बजेट विनियोजन गरेर काम गर्ने कुरा हुँदा उसले यो हाम्रो स्वामित्वको जग्गा हो, यसमा छुट्याइएको बजेटले हामीले काम गर्न पाउनुपर्छ भन्यो,’ प्रदेशसभा बैठकमा मन्त्री यादवले भने । प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबीच कुरा नमिलेका कारण निर्माण अघि नबढेको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिका ११ मा प्रतिष्ठानको स्वामित्वमा १४ बिघा जमिन छ । सरुवा रोग अस्पताल निर्माणका सरकारले त्यतिबेला ८ करोड बजेट पठाएको थियो । तर मन्त्रालय र प्रतिष्ठान दुवैले आफैं निर्माण गर्ने दाबी गरेपछि बजेट फिर्ता गएको थियो । त्यसयता भने बजेट विनियोजन भएको छैन ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?