+

यसरी बनाउन सकिन्छ परम्परागत नेवारी क्वाँटी

२०७९ साउन  २६ गते १५:३१ २०७९ साउन २६ गते १५:३१
यसरी बनाउन सकिन्छ परम्परागत नेवारी क्वाँटी

‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो ।

‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास गरिन्छ ।

क्वाँटी पकाउने सबैको आ-आफ्नै तरिका हुन्छ । तर मौलिक नेवारी शैलीमा क्वाँटी यसरी पकाउन सकिन्छ :

सजना श्रेष्ठ

आवश्यक सामग्री

क्वाँटी, गरम मसला, प्याज, तोरीको तेल, जिरा धनियाँको पाउडर, गेडा जिरा, नुन, बेसार, लसुन अदुवाको पेस्ट, ज्वानो, रातो धुलो खुर्सानी, मसिनो गरी काटिएको हरियो धनियाँ ।

क्वाँटीमा टुसा उमार्ने तरिका

चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि ९ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । यस्ता गेडागुडीको मिश्रण गर्नुअघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउनुपर्छ । चार दिनअघि भिजाएर भोलिपल्ट पानीबाट निकालेर सफा भाँडामा हावा नछिर्ने गरी छोपेर राख्ने वा मलमलको कपडामा बाँधेर तीन दिन झुण्डाइदिनुपर्छ । यसरी राख्दा गेडागुडीमा राम्ररी टुसा उम्रन्छ ।

नेवारी क्वाँटी पकाउने तरिका

-चार दिन भिजाएर टुसा उम्रिएको गेडागुडीलाई एउटा ठूलो भाँडामा राखेर राम्ररी पखाल्ने ।

-ग्याँस चुलोमा कुकुर बसालेर त्यसमा सफा गरिएको गेडागुडी राख्ने, झोलको मात्रा अनुसार पानी राख्ने । त्यसपछि स्वाद अनुसार नुन र बेसार राखेर बिर्को लाएर ठिक्कको आगोमा कम्तीमा पाँच सिट्ठी लगाएर आधा घण्टा पकाउने ।

-अब ग्याँस चुलोमा कराही बसाल्ने र राम्ररी तातेपछि त्यसमा थोरै तेल राखेर जिरा फुराउने । जिरा खैरो भएपछि मसिनो गरी काटिएको प्याजलाई पनि राखेर राम्ररी चलाउने ।

-प्याज पनि राम्ररी भुटिसकेपछि अदुवा लसुनको पेस्ट राखेर पनि राम्ररी चलाउने र अघि पकाएर राखिएको कुकरको क्वाँटीलाई त्यो कराहीमा खन्याउने ।

-अब बाँकी भएको मसला जिरा धनियाँको धुलो, धुलो खुर्सानी, गरम मसला राखेर राम्ररी चलाउने ।

-धेरै सुप बनाउने हो भने आवश्यकता अनुसार पानी थप्ने र राम्ररी उम्लिन दिने ।

-ग्याँस स्टोभको अर्को चुलोमा तावा बसाल्ने र त्यसमा तोरीको तेल राखेर राम्ररी खारिएपछि ज्वानो राख्ने । ज्वानो खैरो खैरो भएपछि ग्याँसलाई बन्द गर्ने र क्वाँटीमा त्यो ज्वानो राखेर झान्ने ।

-अब क्वाँटी तयार हुन्छ । त्यसपछि मसिनो गरी काटिएको हरियो धनियाँ राख्ने र ग्याँस बन्द गर्ने । यसको सुप खानासँग र खाजाको रूपमा खान सकिन्छ ।

(श्रेष्ठ गृहिणी हुन् ।)

क्वाँटी खाना जनैपूर्णिमा
लेखक
सजना श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली