
२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।
तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन् ।
नील हिरा समाजको आयोजनामा १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।
त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा काठमाडौंमा र्याली निकालिएको छ ।
ठमेल सञ्चयकोष भवनअघिल्तिरबाट सुरु भएको र्याली वसन्तपुर हुँदै टुँडिखेलसम्म आएको थियो । र्यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4