+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नागरिकता विधेयकमा सभामुखले थाले परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:१३

३१ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् ।

आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै सभामुखले यो विधेयक अगाडि बढाउने सन्र्दभमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दी बन्दीलाई छलफल गरे ।

सरकारले राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी दिने कार्यसूची राख्न भनेपछि मंगलबार प्रतिनिधिसभामा राष्ट्रपतिको संदेशबारे जानकारी गराउने कार्यसूची तय भएको छ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपछि अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुको एउटै धारणा तय हुन सकेको छैन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाल कांग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरू राष्ट्रपतिले पठाएको संदेशका सन्दर्भमा के गर्ने हो एकीककृत धारणा तय गर्नुपर्ने पक्षमा छन् ।

सभामुख सापकोटाले संसद सचिवालयका कर्मचारीहरु लगायतसँग समेत नागरिकता विधेयक केन्द्रीत छलफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?