+
+

वर्ल्ड बुक अफ रेकर्ड्स अवार्डमा भाग लिन मिस नेपाल अर्थ सरिशा भारततर्फ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते ८:०५

काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजना गरिएको वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा भाग लिन मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेकी छन् ।

विशेष अतिथिको निम्तोमा उनी त्यसतर्फ लागेको द हिडन ट्रेजरले जनाएको छ । वर्ल्ड बुक अफ रेकर्डले पाँचवर्ष पुरा गरेको अवसरमा सोमबार अवार्ड समारोह हुँदैछ ।

उक्त समारोहमा विश्वभरका राजनीतिज्ञ, भारतीय चलचित्र र कर्पोरेट क्षेत्रका २५० भन्दा बढी चर्चित व्यक्तित्वहरु अतिथिको रुपमा भाग लिँदैछन् । मुलुकको सामाजिक–आर्थिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिने भएको छ ।

सरिशाले गतसाता सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर पनि चलाएकी थिइन् जहाँ १६० जनाले स्वास्थ्य सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?